site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कुलमानमाथि अप्राकृतिक लाञ्छना : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वभाविक लाञ्छना लगाएको बताएका छन् ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले डेडिकेटेट र ट्रंकलाइनका विषयमा अप्राकृतिक आरोप लगाएको बताएका हुन् । “विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमाथि अस्वभाविक, अप्राकृतिक ढंगले लाञ्छना लगाउने कुरा भएको छ । ती कुराप्रति गम्भीर ध्यानाकर्षण भएको छ,” प्रचण्डको धारणा उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, “सरकारले सुशासनको सवालमा भ्रटाचार विरोधी अभियानमा अवरोध हुने खालका कुरा नगरोस् भनेर खबरदारी गरेका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक संसद्मा पेस हुने विषय भनेको सुखद् समाचार भएको सुनाएका थिए । बैठकमा उनले बंगलादेशको घटनाबाट नेपालमा पार्ने असर प्रभावबारे आफ्नो धारणा सापकोटाले जानकारी दिए ।

“त्यसबाट पनि हामीले शिक्षा लिनुपर्छ । जनताका दैनिक समस्याका विषयमा अघिल्लो सरकारले सुशासनको पक्षमा गरेका काम अघि बढाउनु त कता हो राम्रो काममा पनि अवरोध सिर्जना गरिरहेको छ,” सापकोटाले भने । आजबाट सुरु भएको स्थायी कमिटी बैठक शनिबार पनि बस्नेछ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्