site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा डा. बागचन्द

काठमाडौं । उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा डा रत्नबहादुर बागचन्दलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले डा. बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए ।

त्यस्तै, परिषद्को बैठकले न्याय सेवाबाट २५, सरकारी वकिलबाट ६ र कानुन सेवाबाट चारजना गरी ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

परिषद्को जिल्ला न्यायाधीशमा सिफारिस गरेका जिल्ला न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले नियुक्तिका लागि गर्ने संवैधानिक व्यवस्था रहेको छ । हाल सर्वोच्च अदातमा चार तथा उच्च अदालतमा १० न्यायाधीशको पद रिक्त रहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्