site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंकको वित्तीय सचेतना भिडियो सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरूमाझ सचेतना जगाउनको लागी ‘सचेत सिटिजन नै हो सेफ सिटिजन’ भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ ।

बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरू एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एन्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्सका बीच सो भिडियो सार्वजनिक गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बढ्दो डिजिटलाइजेसनसँगै पछिल्ला केही वर्षहरूमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ । विभिन्न बहानामा ग्राहकहरूसँग पासवर्ड, ओटीपी, खाताको विवरणहरू मागेर साथै ग्राहकहरूलाई चिठ्ठा तथा अन्य बहुमुल्य सामानहरू जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढ्दो छ । सचेतना भिडियोबाट बढ्दै गरेका यस्ता गतिविधिको न्यूनीकरण हुने र ग्राहकहरूमा चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउनका निम्ति सबै कर्मचारीहरूलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नविनतम् एवं नमुना सेवा सुविधा दिदैं अघि बढ्न आग्रह गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, तीन विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्