site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भदौभर मन्त्रीहरूले नबोल्ने व्रत लिनुस्, भाषण र अन्तर्वार्ता देख्नु नपरोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो भदौ महिनाभरि ‘नबोल्न’ प्रधानमन्त्री र मन्त्रीहरूलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा समय लिएर उनले भदौभर काम गर्न आग्रह गरेका हुन् ।

“प्रधानमन्त्री र मन्त्रीज्यूहरू तपाईंहरूले बोल्नुभयो । साउन महिना छ, व्रत सकियो । अब तपाईंहरूले नबोल्ने व्रत लिइदिनुस्, भदौ महिनाभर नबोलिदिनुस्,” उनले भने, “बोल्ने ठाउँमा हुँदा बोल्ने काम गर्नुभयो, अब काम गर्ने ठाउँमा हुँदा काम गरिदिनुस् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले ‘भदौभर मन्त्रीहरूले काम गर्नुस्, हामी त्यसबारे बोल्छौँ’ भनेर आग्रह गरे । “तपाईंहरू भदौभरि काम गर्नुस्, हामी बोल्छौँ । कही कतै नबोल्नुस्, तपाईंहरूका अन्तर्वार्ता पढ्नु नपरोस् । कहीँ कतै भाषण सुन्नु नपरोस्,” थापाले भने, “प्रधानमन्त्रीले पनि म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्नँ नभन्नुस् । प्रधानमन्त्रीले भ्रष्टाचार गर्नै मिल्दैन, तपाईंले गर्ने नै त्यही हो भने किन भन्ने ?”

उनले मन्त्रीहरूले एउटा मात्र काम गरे आफूहरूले प्रचार गर्ने भन्दै सदनमा भएको सांसद संख्याले ढ्यापढ्याप गर्दा तर्सिएर भाग्ने अवस्था रहेको बताए । आफैँ बोलेर कद नघटाउन उनले आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्