site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणगढ–बुटवल सडक अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गएराति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मंगलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गएरातिको वर्षापछि अवरुद्ध भएको हो ।  

सडक सञ्चालनको प्रयास जारी रहेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्