site stats
बाह्रखरी :: Baahrakhari
देश
थप पाँच प्रदेशका अस्पतालबाट क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा दिइने 

काठमाडौं । थप पाँच प्रदेशका सरकारी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप पाँच प्रदेशमा सेवा विस्तार गर्ने गरी कार्यविधि स्वीकृत गरेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीलाई राहत हुनेगरी कार्यविधि स्वीकृत गरेको जानकारी दिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल तथा नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले अब अन्य प्रदेशमा विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध गराउने भएका छन् ।

कार्यविधिअनुसार भक्तपुर क्यान्सर अस्पतालले कोसी प्रदेशमा विराटनगर अस्पताल र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगञ्जबाट विशेषज्ञ सेवा प्रवाह गर्नेछन् । 

यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट सेवा दिने कार्यविधिमा उल्लेख छ । 

यसअघि प्रदेश तहमा संघअन्तर्गतका तीनवटा सरकारी अस्पतालबाट मात्रै क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा प्रवाह हुँदै आएको थियो । योसँगै अब सातवटै प्रदेशमा क्यान्सर उपचारसम्बन्धी सेवा उपलब्ध हुने भएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्