site stats
बाह्रखरी :: Baahrakhari
देश
जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई हजार शैयाको बनाउन राष्ट्रपतिको पहल 
फाइल तस्बिर ।

काठमाडौं । जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई हजार शैयाको बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरेका छन् । राष्ट्रपति पौडेलको आग्रह र पहलमा दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारीअनुसार भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रूपमा निर्माण गर्ने चासो देखाएको छ ।  

भारत सरकारले उपचार सेवाका लागि हल बनाउन लागेको तीन सय शैयाको डीपीआर तयार भएकोमा अपुग भएकाले हजार शैयाकै बनाइदिन राष्ट्रपति पौडेलले आग्रह गरेका थिए । राष्ट्रपतिको आग्रहपछि भारतीय पक्षले उक्त अस्पताल निर्माण भइसकेपछि हजार शैयाको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपति पौडेलसँग शुक्रबार भएको एक भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उक्त प्रतिवद्धता व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  

सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शैयाको डीपीआर सम्बन्धी संरचना तयार गर्ने तयारी थियो । सोही अनुसारको निर्माण कार्यलाई अघि बढाउने बारेमा पहल भएकोमा त्यसलाई हजार शैयाको बनाउनेबारेमा राष्ट्रपति पौडेलले विशेष चासो राख्दै आएका छन् ।  

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा उक्त केन्द्र स्थापना भएको हो । 
 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्