site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन प्रभावकारी हुन्छ : मुख्यसचिव गडतौला

काठमाडौं । मुख्यसचिव लीलादेवी गडतौलाले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएकी छन् । नेपाल उद्योग परिसंघले बुधबार आयोजना गरेको ‘सीएनआई बजेट वाच’ कार्यक्रममा उनले बजेट वाच पहलमार्फत परिसंघले सरकार एवं निकायहरूलाई सहयोग गरेको बताइन् ।

उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अन्य आर्थिक वर्षको तुलनामा प्रभावकारी हुने पनि बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटको सफल कार्यान्वयनबाट नै पुँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विस्तार हुने बताए । उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न बजेटको सफल कार्यान्वयन अत्यावश्यक रहेको बताए ।

सेजनका निवर्तमान अध्यक्ष जनार्दन बरालले गत आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसँग सम्बन्धित ७३ वटा बुँदा मध्ये १८ वटा बुँदा अर्थात् २५ प्रतिशत पूर्ण कार्यान्वयन भएको बताए । यस्तै, ५१ वटा अर्थात् ७० प्रतिशत बुँदा आंशिक कार्यान्वयन भएको र चारवटा अर्थात् ५ प्रतिशत बुँदामा कुनै प्रगति नभएको तथ्यांक प्रस्तुत गरे ।

परिसंघले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा घोषणा गरिएका अर्थतन्त्र एवं निजी क्षेत्रसँग सम्बन्धित विषयहरूसहितको पुस्तिका सार्वजनिक गर्दै यस वर्षको पहिलो बजेट वाच कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्