site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँ बस दुर्घटना : मृतकको सनाखत

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेहरूमा वतन नखुलेका १६ वर्षीय सुहास राय, १० वर्षीया परी भारते, ६० वर्षीय सल्बा भारन्दे भारते, ५० वर्षीया निलिमा जाउडे, ४२ वर्षीया सरला रानी, ४४ वर्षीय पंकज भंगाडे, ५० वर्षीय सन्दीप राजाराम सरादे, ५७ वर्षीया निलिमा झाण्डे, ५५ वर्षीय तुलसीराम ताइडे, ४० वर्षीय गणेश मानन्दे, ४३ वर्षीया पल्लादे सरादे, ४५ वर्षीया अनिता पाटेल, नाम नखुलेका ५० वर्षीया महिला, ५२ वर्षीया भारती जाउडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक केसीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, मृत्यु हुनेमा ५१ वर्षीया रोहिणी जाउडे, ६० वर्षीया सुलोमा भारण्डे, ४५ वर्षीय सुवास राणे, ५० वर्षीय प्रकाश नाथकोटी, ३५ वर्षीया लीना भारण्डे, नामथर नखुलेका ५०/५५ वर्षीय पुरुष, ६० वर्षीय सुधाकर ताउडे, ३५ वर्षीय सागर जाउडे, ४५/५० वर्षीया सरोज मनोज झिरुक, नामथर नखुलेका ३५/४० वर्षीय पुरुष, २५ वर्षीय अनुद सरद, ५६ वर्षीया भारती जाउडे र ५१ वर्षीया सरला तुलसीराम तायडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा ६० वर्षीय सुनिल झाण्डे, ४५ वर्षीया भारती पटेल, ३२ वर्षीय अविनास पटेल, ४५ वर्षीया रेखा कोटी, ५५ वर्षीय न्यारेश्वर नोन्डे, ५८ वर्षीय आनन्द इक्ले, ६० वर्षीया आशा पाण्डुरा, ६० वर्षीया सारदा पटेल, ५५ वर्षीय प्रवीण पटेल, ४० वर्षीया मनिषा भङ्गाडे, ५६ वर्षीय हेमराज सरौती, ५८ वर्षीय आशा बोन्डे, ४३ वर्षीया रुपाली सरौदी, ४५ वर्षीया सीमा झिङ्गठे, ६० वर्षीय सुनोदिन झाउडे, ५५ वर्षीया नेलिमा घेरोङ रहेका छन् । दुर्घटनामा घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २२:५८
प्रतिक्रिया दिनुहोस्