site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
लालबन्दी वाङ्मय परिषद्ले गर्‍यो साहित्यिक पुरस्कारको छनोट
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । लालबन्दी नगर वाङ्मय परिषद्, सर्लाहीले २०८१ सालको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार’का लागि अखण्ड भण्डारीको आख्यान ‘बोरा’लाई सिफारिसअनुसार छनोट गरिएको जनाएको छ ।

परिषद्का अध्यक्ष अच्युत अधिकारीद्वारा प्रेषित विज्ञप्तिमा यस वर्षको ‘साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार’का लागि अग्रज साहित्यिक पत्रकार रोचक घिमिरे तथा ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार’का लागि लालबन्दी सर्लाहीका शंकर श्रेष्ठको नाम सिफारिस समितिले छनोट गरेको छ । 

सिफारिस गरिएको साहित्य पुरस्कार र स्मृति पुरस्कारका साथ ५०/५० हजार रुपैयाँ र प्रतिभा पुरस्कारका साथ २५ हजार रुपैयाँ नगद राशि समेत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्