site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सहकारीपीडितको बचत फिर्ता गर्न माग

काठमाडौं । सहकारीपीडितको बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने अभियानकर्मीले बताएका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथाशीघ्र बचत पाउनुपर्नेमा जोड दिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५ औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य भएको जानकारी गराइएको थियो ।

महासंघका अध्यक्ष कुशलव केसीले १६ महिनादेखिको आन्दोलनका क्रममा चारजना पीडितहरूले ज्यान गुमाइसकेको बताए । सहकारी पीडितले आफ्नो बचत फिर्ता पाऊन् भनी तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१औंँ दिन पुग्ने अवसरमा भदौ १६ गतेदेखि शान्तिपूर्ण प्रदर्शन गरिने जानकारी पनि उनले दिए । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्