site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्ने
दार्चुलास्थित महाकाली नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, सुर्खेत, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, हुम्ला, कैलाली र कञ्चनपुर भई बहने अधिकांश साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाको पूर्वानुमान छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, गोरखा, कास्की, लमजुङ, बागलुङ, सल्यान, दैलेख, बाँके, बर्दिया, बझाङ, बाजुरा र अछाम भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ ।

b1-1725247534.jpeg

b2-1725247534.jpeg

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्