site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनीत
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जनालाई मनोनीत गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टी केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सिना प्रमुख रहेको विभागमा अछामका यज्ञराज उपाध्याय, काठमाडौंका राजेन्द्र खत्री, काभ्रेपलाञ्चोक रविन्द्र खड्का, चितवनका रमेश कोइराला, दाङका चन्द्र शर्मा मनोनीत भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, तनहुँका सरोज भण्डारी, ललितपुरका रिसबदेव घिमिरे, सिरहाका शान्ति सदा, पाँचथरका देशु सुहाङ, दैलेखका गणेश हमाल पनि मनोनीत भएको विज्ञप्तिमा उल्लेख छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्