site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेश कानुन कार्यान्वयन कार्यदलको म्याद थप

विराटनगर । कोसी प्रदेश सरकारले संघीयता कार्यान्वयन र प्रदेश कानुन कार्यान्वयन कार्यदलको म्याद थप गरेको छ । नेपाली कांग्रेस सरकारमा सहभागी भएपछि शुक्रबार बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय गरिएको हो ।

प्रदेश सरकारले कार्यदलको अवधि ६० दिन थपेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, उराउ जातिको भाद्र पूर्णिमामा पर्ने पर्वका निम्ति उक्त समुदायलाई त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले जानकारी दिए ।

उराउ जाति झापा, मोरङ, सुनसरी र इलामका केही भागमा बसोबास गर्छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्