site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन सर्वोच्च बारको माग

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको अविलम्ब नियुक्तिको प्रक्रिया अगाडि बढाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ ।

सर्वोच्च अदालत बारको आज बसेको कार्यसमितिको बैठकले सर्वोच्च अदालतमा रिक्त पाँचजना न्यायाधीशको अविलम्ब नियुक्तिको प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सर्वोच्च अदालतमा हाल पाँचजना न्यायाधीशहरूको पद रिक्त भई दैनिक सेवा प्रवाहमा असर परिरहेको कुरामा सर्वोच्च अदालत बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ,” बैठकपछि सर्वोच्च अदालत बारका सचिव श्यामकुमार खत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतका न्यायाधीशहरूको अविलम्ब नियुक्ति गर्न र मापदण्ड पूरा गरेका अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्नु ध्यानाकर्षण गर्दछ ।”

बारले ०८१ साल साउन १० गते प्रधानन्यायाधीश र वरिष्ठतम् न्यायाधीशलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको स्मरणसमेत गराएको छ ।

sc-bar-1726677274.jpg
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्