site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अनुमोदित राजदूतमाथि अर्याल र अधिकारीको फरक मत 

काठमाडौं । संसदीय सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले फरक मत राखेका छन् । 

बिहीबार समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालको तीन र जसपा नेपालका सांसद प्रकाश अधिकारीले चार अनुमोदित राजदूतमाथि फरक मत राखेका हुन् । 

उनीहरूको फरक मतसहित समितिले १६ जनाको नाम अनुमोदन गरेको छ । साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले १७ जनाको नाम सिफारिस गरेकोमा श्रीलंकका लागि प्रस्तावित रामकृष्ण भट्टराईको भने कागजात नपुगेको भन्दै समितिले स्थगित गरिएको छ । समितिले कागजात प्राप्त भएपछि मात्रै निर्णय गरिने जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सांसद अधिकारीले भारतका लागि दाहोर्‍याएर नियुक्तिका निम्ति अनुमोदित भएका शंकरप्रसाद शर्मा, दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस भएका कपिलमान श्रेष्ठ, इजरायलका लागि सिफारिस भएका धनप्रसाद पण्डित र मलेसियाका लागि सिफारिस भएका नेत्रप्रसाद तिमिल्सिानाबारे फरक मत राखेका हुन् । सांसद अर्यालले श्रेष्ठ, पण्डित र तिमिल्सिनाबारे फरक मत राखेका हुन् । 

यस्तो छ उनीहरूको फरक मत
 

 

2-1726738458.jpg

 

4-1726738458.jpg

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्