site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एनआरएन नागरिकताको अधिकार चाँडै सुनिश्चित हुन्छ : योगेश भट्टराई

सिड्नी । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले प्रवासी नेपालीहरूको आवाजको रूपमा आएको एनआरएन नागरिकताका अधिकार छिट्टै सुनिश्चित हुने बताएका छन् । प्रवासी नेपाली मञ्चको आयोजनामा सिड्नीमा आयोजित कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका भट्टराईले यसका लागि सरकार लागि परेको उनको भनाइ छ ।

भट्टराईले मुलुकका हितका लागि अन्तिम विकल्पको रूपमा कांग्रेस–एमालेको गठबन्धन बनेको बताए । उनले अब दुवै दललाई मुलुकको समृद्धिमा अगाडि बढ्नेबाहेक अरू विकल्प नरहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुशासनका सवालमा सरकार एक रहेको र भ्रष्टाचारका सवालमा कसैलाई पनि छुट नदिने उनको दाबी छ ।

एमालेको भ्रातृ निकाय प्रवासी नेपाली मञ्च न्यूसाउथवेल्सको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा न्यूसाउथवेल्सका वाणीज्यदूत सञ्जीव शर्मा, अन्तर्राष्ट्रिय प्रवासी नेपाली मञ्चका उपाध्यक्ष रमेश पाण्डे, सल्लाहकार भवानी ओली, एनआरएनका केन्द्रीय उपाध्यक्ष विनोद श्रेष्ठ, प्रवासी नेपाली मञ्च अस्ट्रेलियाका अध्यक्ष केशव जोशीलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ००:०३
प्रतिक्रिया दिनुहोस्