site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाका नेताहरू भ्रमण छोट्याएर स्वदेश फर्किए 

काठमाडौं । चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू भ्रमण छोट्याएर स्वदेश फर्केका छन् ।

१० दिनको भ्रमणमा चीन गएका रास्वपाका नेताहरू सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सम्भावना बढेको भन्दै बिहीबार स्वदेश फर्किएका हुन् । स्वदेश फकिएपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले अरुलाई जोगाउनका लागि आफ्ना सभापतिलाई मात्रै ‘टार्गेट’ बनाउन खोजिएको भन्दै कुनै पनि राजनीतिक प्रतिशोधको कडा रूपमा प्रतिकार गर्ने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टी सभापति लामिछानेलाई व्यक्तिगत रूपमा संलग्न भएर सहकारीबाट रकम नलिएको छानबिन समितिले नै प्रष्ट उल्लेख गर्दा पनि जबरजस्ती अपराधी बनाउन खोजिएको जिकिर गरे ।

उनले सहकारी प्रकरण, पछिल्लो राजनीतिक अवस्थाका बारेमा शुक्रबार पत्रकार सम्मेलन गरी आधिकारिक धारणा तय गर्ने जानकारी दिए ।

त्यस्तै, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले लामिछानेमाथिको प्रहार व्यक्तिमाथिको नभई संस्थामाथिको प्रहार भएकाले प्रतिकार गर्ने स्पष्ट पारे । वाग्लेको नेतृत्वमा १४ जना रास्वपा नेता शनिबार चीन भ्रमणमा गएका थिए । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्