site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चालु खाता साढे ३० अर्ब र शोधनान्तर स्थिति ४० अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको यसै अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साउन महिनामा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख हुँदा प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख भएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आप्रवाह (इक्विटी मात्र) दुई अर्ब ६५ करोड थियो ।

राष्ट्र बैंकका अनुसार साउनमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा थियो ।
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्