site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुस्तावासीलाई एक वर्षसम्म न्यूनतम विद्युत् महसुल छुट

काठमाडौं । सरकारले सुस्तावासीलाई विद्युत् महसुलमा एक वर्ष छुट दिने भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति भएको अवसरमा ३५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट दिने भएको हो ।

बिहीबार त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुल तथा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्ता पश्चिमका करिब ३५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल विद्युत् प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्ध गरी एकीकृत राष्ट्रिय प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ गरिएको हो ।

सुस्ता क्षेत्रमा लामो समयदेखि साना सौर्य ऊर्जा प्रणालीबाट सीमित मात्रामा विद्युत् सेवा उपलब्ध थियो ।

३५० भन्दा बढी घरपरिवारले सौर्य ऊर्जाको प्रयोगबाट आफ्नो आवश्यकता पूरा गर्दै आएका थिए । सुस्तामा गण्डक सबस्टेसनबाट पाँच किलोमिटर प्रसारण लाइन विस्तार गरी झोलुंगे पुल पार गर्दै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्