site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिद्धार्थ बैंकले ल्यायो ‘दसैँ डबल एक्स रिवार्ड अफ’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दसैँको उपलक्ष्यमा ग्राहकहरूका लागि ‘दसैँ डबल एक्स रिवार्ड अफ’ योजना ल्याएको छ । यस योजनाअन्र्तगत बैंकका ग्राहकहरूले असोज ११ देखि ३० गतेसम्म गरिएको कार्ड वा मोबाइल बैंकिङ कारोबारमा दुई गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन् । 

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रमअन्तर्गत ग्राहकहरूले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरिएको खरिद र मोबाइल बैंकिङबाट गरेको टपअपको आधारमा रिवार्डसमा प्राप्त हुने बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी आर्जन भएको पोइन्टसलाई हवाई टिकट, होटेल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिनेछ । सिद्धार्थ बैंकले यो अफरमार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको बताइएको छ ।  

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको हो । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्