site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनएमबि बैंकद्वारा ‘एनएमबि नेक्सजेन बैंकिङ लिडर स्कोलरसिप’को घोषणा

काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि नेक्सजेन बैंकिङ लिडर स्कोलरसिप’ को घोषणा गरेको छ । बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरेको बैंकले जनाएको छ ।

विद्यार्थीहरूमा अग्रिम रूपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास बैंकले लिएको छ । यस छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान विद्यार्थीहरूमा लगानी गरी बैंकिङ क्षेत्रको भविष्य सुनिश्चित गर्नु रहेको पनि बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भाबी दक्ष बैंकरहरू उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पुर्‍याउने लक्ष्य एनएमबि बैंकले लिएको छ । 

एनएमबि बैंकले हाल देशभर २०१ शाखा कार्यालय, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्