site stats
बाह्रखरी :: Baahrakhari
देश
१०१ वर्षामापन केन्द्रमा जलसतहले नाघ्यो सतर्कता तह (तस्बिरसहित)

काठमाडौं । देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षा हुँदा धेरै नदी तथा खोलामा जलसतह बढेको छ । 

पछिल्लो २४ घण्टामा १०१ वर्षामापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बिहान ६ः२० को मापनअनुसार देशभरका हाल सञ्चालित २६९ स्वचालित केन्द्रहरू मध्ये १०१ केन्द्रहरूमा सतर्कता तहभन्दा बढी वर्षा भएको छ,” जल तथा मौसम विज्ञान विभागले भनेको छ । 

विभागले एक घण्टामा ६०, तीन घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोका लागि अलर्ट जारी गर्दै आएको छ । 

अहिले पनि भारी वर्षा भइरहेको र दिउँसो पनि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ । 
461484617_122136880700355476_9061182830633894139_n-1727487586.jpg
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्