site stats
बाह्रखरी :: Baahrakhari
देश
आपत्कालीन उपचारका निम्ति २४ सै घण्टा तयार रहन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीलाई २४ सै घण्टा आपत्कालीन उपचारका निम्ति तयार रहन आग्रह गरेका छन् । अविरल वर्षासँगै देशभर बाढीपहिरो र डुबानका घटना बढेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

मन्त्री पौडेलले भनेका छन्, “देशभरका सबै अस्पतालका आपत्कालीन कक्षलाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धि गरी सहयोग गर्नका लागि २४ सै घण्टा तयार रहन अनुरोध गर्दछु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

औषधोपचारको आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको उनले उल्लेख गरे । आपत्कालीन औषधोउपचारका निम्ति नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न उनले सबैलाई आग्रह पनि गरेका छन् ।

उद्धार र राहतका कार्यलाई तीव्र बनाउन गृह मन्त्रालय, स्थानीय तह र अरू सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताए । उनले सबैलाई सुरक्षित, सतर्क रहन र एकापसमा सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्