site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीपहिरोमा परी देशभर १०० जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १०१ जना घाइते भएका छन् ।

बाढीपहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा पाँच, पाँचथरमा पाँच, भक्तपुरमा पाँचजनाले ज्यान गुमाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्