site stats
बाह्रखरी :: Baahrakhari
देश
महामारी फैलिन नदिन स्वास्थ्य शिविर र सचेतना सञ्चालन गरिने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षाजन्य विपद्पछि महामारी फैलिन सक्ने भन्दै स्वास्थ्य शिविर र सचेतना अभियान सञ्चालन गर्ने भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मन्त्रालयले आवश्यक सचेतनासहित शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । “विपद्पश्चात फैलिनसक्ने महामारीको आँकलन गरी महामारीजन्य रोग फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य र उपयुक्त स्थानमा जनचेतना, स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन गर्ने,” समितिकोा निर्णयमा भनिएको छ, “देशका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण क्षति भएका सडक, सार्वजनिक भवन, खानेपानी, विद्युत्, विद्यालय, स्वस्थ्य संस्थाहरूको पुनर्निर्माण कार्य सम्बन्धित मन्त्रालयले अघि बढाउने ।” 

समितिले क्षतिको एकीन गर्न टास्कफोर्स बनाउने र टास्कफोर्सले १५ दिनभित्र क्षतिको विवरण संकलन गर्ने समयावधि तोकेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्