site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनएमबि बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । एनएमबि बैंक लिमिटेडले मुटुको स्वास्थ्यसम्बन्धी चेतना जगाउने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

असोज १३ गते विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकका ग्राहकहरू र समुदायमा रहेका सदस्यहरूलाई मुटुको स्वास्थ्यसम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एनएमबि बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरूको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने विश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा कार्यालय, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्