site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गण्डकी प्रदेशका अभिकर्तालाई नेशनल लाइफको सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको होटेल ल्याण्डमार्कमा गण्डकी प्रदेशका अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रप्रसाद खत्रीको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा तोकिएको बिमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जनाभन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेशप्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रमुख कार्यकारी अधिकृत खत्रीले कार्यक्रममा गण्डकी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई क्लब सदस्यता वितरण गरिएको थियो । 

सो अवसरमा खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्रबाट सम्मान गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्