site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउन कार्यदल गठन

काठमाडौं । गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ । 

आठजना सहसचिवको संयोजकत्वमा बाढीपहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी आठ जिल्लाका बाढी प्रभावितलाई राहत उपलब्ध गराउन कार्यदल गठन गरिएको हो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् ।

कार्यदललाई आगामी पुस २० गतेसम्मको समयसीमा दिएर कार्यक्षेत्र तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्