site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपामा विभाग प्रमुखको जिम्मेवारी हेरफेर, कसलाई कुन विभाग ?
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संगठन विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएको छ । 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर तथा केही विभाग प्रमुख मनोनयन गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जसअनुसार, स्थानीय तह परिचालन विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष ध्रुबबहादुर प्रधान, राजनीतिक विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्कालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सूचना प्रविधि विभाग प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्