site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुलमानलाई सरकारले सोध्यो १५ बुँदे स्पष्टीकरण, कार्यकारी अधिकार खोस्ने तयारी 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले १५ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मंगलबार घिसिङलाई स्पष्टीकरण सोधेको हो । 

“लेखा समितिमा परेको उजुरीलगायत विषयमा ऊर्जा मन्त्रालयले कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको छ,” मन्त्रालय स्रोतले भन्यो, “मंगलबार सरकारले स्पष्टीकरण सोधेको हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहान ११ बजेका लागि बाेलाइएकाे  थियाे । बिहान ११ बजे बस्ने बैठकका लागि राति साढे ९ बजे पत्राचार गरिएकाे थियो । तर, कोरम नपुगेकाले बोर्ड बैठक बस्न नसकेको बोर्ड सदस्य कपिल आचार्यले बाह्रखरीलाई जानकारी दिए । 

स्रोतका अनुसार सरकारले घिसिङको बोर्ड सञ्चालक समितिको कार्यकारी अधिकार खोस्ने तयारी गरेको छ । 

462550498_1049002606690134_1107584411328147089_n-1728457369.jpg
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्