site stats
बाह्रखरी :: Baahrakhari
देश
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुई दिनपछि उद्धार

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाइक्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ ।

यही असोज २२ गते राति हाइक्याम्पको होटेल नमस्तेमा बास बसेर भोलिपल्ट पदयात्रामा निस्केकी चिनियाँ नागरिक २३ वर्षीया बेला मर्दी आधारशिविरतर्फ जाने क्रममा गलत बाटोबाट गएपछि हराएकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हराएको सूचनापछि खोजीमा जुटेको स्थानीयवासी, पर्यटक प्रहरी, पर्यटन व्यवसायी, जनप्रतिनिधि तथा भैँसीगोठका मालिकहरूसहितको टोलीले शुक्रबार दिउँसो उनलाई मर्दीको मुहान कोलंगे भन्ने स्थानबाट सकुशल उद्धार गरेको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार, बुधबार र बिहीबार भैँसीगोठका मालिक र होटेल सञ्चालकसहितको टोलीले साँझसम्म खोजी गरे पनि काँडाघारी, सिस्नो, अप्ठ्यारो भौगोलिक अवस्थाका कारण पर्यटकको अवस्था पत्ता लगाउन सकेको थियो । पर्यटक प्रहरीसहितको टोलीले शनिबार बिहानदेखि पुनः खोजी सुरु गरेको थियो ।

“मर्दीको मुहानभन्दा केही तल ठाउँठाउँमा लडेको, जुत्ता लगाएको निसान देखेपछि सो निसान पछ्याउँदै ठूलो स्वरमा चिच्यायौँ र उताबाट पनि कराउँदै रोएको आवाज सुनेपछि धेरै तल खोलाको किनारनजिक पर्यटकलाई फेला पार्न सफल भयौँ,” वडाध्यक्ष क्षेत्रीले भने ।

खोजीकार्यमा खटिएको प्रहरी टोलीले पर्यटकलाई सिधिङसम्म ल्याएर पर्यटक प्रहरीको जिम्मा लगाएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  २२:५७
प्रतिक्रिया दिनुहोस्