site stats
बाह्रखरी :: Baahrakhari
कला
निश्चलले हलबाट उतारे ‘बेहुली फ्रम मेघौली’, ओटीटीमा रिलिज हुने 

काठमाडौं । निर्देशक, निर्माता तथा कलाकार निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ उतारेका छन् । उनले भोलिबाट कुनै पनि हलमा आफ्नो चलचित्र नरहने जानकारी दिएका छन् । 

“भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलबाट हामीले नलगाउने निर्णय गरेका छौँ,” निश्चलले फेसबुकमा लेखेका छन् । उनले चाँडै ओटीटीमा ‘बेहुली फ्रम मेघौली’ रिलिज गर्ने बताएका छन् । एसएमएस भिडियोमार्फत सिनेमा रिलिज हुन लागेको पनि उनले बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केही दिन अगाडिमात्रै उनले हिन्दी सिनेमामा दर्शक नहुँदा पनि शो दिएको तर आफ्नो चलचित्रलाई शो नदिएको भन्दै हलको विकल्प खोज्ने चेतावनी दिएका छन् । 

‘बेहुली फ्रम मेघौली’मा निश्चल र स्वस्तिमा खड्काको लगानी छ । सिनेमाको मुख्य भूमिकामा पनि निश्चल र स्वस्तिमा नै छन् । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्