site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वीरगन्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

पर्सा । वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार १२० वटा मोटरसाइकल आयात भएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगन्ज नाकाबाट चारपांग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पांग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए । 

चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार २६४ वटा मोटरसाइकल आयात भएका थिए । 

आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार ६२७ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जा आयात भएका थिए । 

चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार ५३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपूर्जाहरु आयात भएको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्