site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले आफ्ना भ्रष्टाचारीलाई च्यापेरे अर्कोलाई लगेर तर्साइरहेको छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले आफूनिकट भ्रष्टहरूलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । 

ओम्नी, सहकारी, भुटानी शरणार्थी प्रकरणलगायत काण्डहरूमा ठूला दलका सबैजसो नेताहरू संलग्न रहे पनि सरकारले अरूलाई तर्साएर आफू निकटका भ्रष्टहरूलाई जोगाउने काम गरेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबारबाट पोखरामा सुरु भएको पार्टीको विधान अधिवेशनमा अध्यक्ष भट्टराईले सबै दलहरू भ्रष्टाचारमा लिप्त रहेकाले उनीहरूलाई समेत छानबिन गर्न एक छुट्टै संस्थाको आवश्यक रहेको बताए ।

"आफ्नो भ्रष्टाचारीलाई च्यापेको छ । अनि, अर्को भ्रष्टाचारीलाई लगेर तर्साएको छ । अनि म सुशासन कायम गर्ने भनेर कुर्लिराखेको छ । भ्रष्टाचारी यिनै हुन् । चाहे बुढीगण्डकी आयोजना भन्नुस्, चाहे ओम्नी काण्ड भन्नुस् । चाहे भुटानी शरणार्थी काण्ड भन्नुहोस् । चाहे सहकारी काण्ड भन्नुहोस् । यसमा सबै दलहरू मुछिएका छन्," उनले भने ।

राष्ट्रपति, प्रधानमन्त्री लगायतका व्यक्ति र शक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने खालको संस्था नबनाई मुलुकमा भ्रष्टचारको अन्त्य र सुशासन कायम नहुने भट्टराईले बताए । उनले भ्रष्टाचार नियन्त्रणको कुरा मुखले भनेर मात्रै नहुने पनि दोहोर्‍याए ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्