site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी ‘हान्ने’ खेलमा लाग्यो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप लगाएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको वाग्मती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकमा उनले त्यस्तो टिप्पणी गरेका हुन् । 

बैठकले कात्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि बसेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हिजो मात्रै विपक्षी दलहरुको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको संवाद सुनाउँदै उनले सरकार प्रतिपक्षीलाई खोजीखोजी हान्नेमा रहेको सुनाए ।
 
“मैले स्पष्टसँग भनेको थिएँ, तपाइँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौँ । तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनु भएको छ । आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नु भएको छ,” प्रचण्डले भने ।
 
सरकारले एकपछि अर्को नाजाजय हर्कत गर्दै जाँदा जनतामा सरकारविरोधी भावना बढ्दै गएको टिप्पणी उनको छ । 

प्रचण्डले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने सरकारको षड्यन्त्र जारी नै रहेको दाबी गरे । 

“दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्र जारी नै छ । यी सबै षड्यन्त्रविरुद्ध सशक्त खबरदारी जरुरी छ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्