site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारले नेपाली सेनालाई अपमान र अप्ठेरो बनाउने काम गर्दैन : रक्षामन्त्री राई 

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेनालाई अपमान र अप्ठेरो बनाउने काम नगर्ने बताएका छन् । मंगलबार रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

नेपाली सेनालाई अप्ठेरोमा पार्न सडक आयोजना निर्माणको जिम्मेवारी दिइएको हो ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, “नेपाली सेनालाई अपमान र अप्ठेरो बनाउने भन्दा पनि झन् विश्वासिलो, भरलाग्दो र भरपर्दो भएको कारणले नेपाली सेनलाई काम दिइएको भन्ने लाग्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कतिपय जिल्लाका सदरमुकाम नेपाली सेनाले सडक निर्माण गरेकै कारण सडकबाट जोडिएको उनले बताए ।

“ज्यादै कठिन विकास निर्माणको काममा नेपाली सेनाको सहयोग लिने गरेका छौँ,” उनले भने । यस्तो कामहरू मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर रक्षा मन्त्रालय हुँदै नेपाली सेनालाई हस्तान्तरण गरिने उनले स्पष्ट पारे ।

महकाली करिडोर अहिले पनि नेपाली सेनाको जिम्मामा रहेको जनाउँदै उनले प्रशस्त बजेट नभएको कारण निर्माण कार्य द्रुतरूपमा अघि बढ्न नसकेको उनले जनाए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्