site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ : प्रधानमन्त्री 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने दिवासपना नदेख्न आग्रह गरेका छन् । सरकारको सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै सरकार बनेकै दिनदेखि विरोध सुरु भएको बताए ।
 
“कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ,” ओलीले भने ।
 
उनले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाउने गरिएको पनि बताए । 

“सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्नेजस्ता अफवाह पनि फैलाउने गरिएको छ,” उनले भने, “यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो ।”

उनले सरकारलाई सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिने बताए । तर, बारम्बार सरकार फेरबदलको हल्लाले ब्युरोक्रेसी नै अल्मलिएको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्