site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा मौसममा बदली, मौसमविद्लाई प्रश्न– पानी पर्न लागेको हो ?
फाइल तस्बिर ।  

काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि मौसम बदली छ । यो क्रम अझै केही समय रहने मौसमविद्ले बताएका छन् । 

“काठमाडौंमा साढे बिहान ९ देखि १० बजेसम्म मौसम बदली रहनेछ । घाम लाग्दै गएपछि मौसम सफा हुँदै जानेछ,” मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग भने, “दिउँसो सफा भए पनि अपराह्नदेखि पुनः मौसममा बदली सुरु हुनेछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंको मौसम बदली हुनुको कारण बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ पनि रहेको उनको भनाइ छ । “दानाको प्रभाव कम हुँदै गए पनि अझै त्यसको केही अंश बाँकी छ, त्यसको पनि प्रभावले बदली भएको हो,” उनले स्पष्ट पारे, “पश्चिमी वायु र स्थानीय वायुका कारण पनि बदली भएको हो ।” 

मौसममा बदली भए पनि पानी भने नपर्ने उनले स्पष्ट पारे । “बदली मात्रै भएको हो । काठमाडौंमा पानी पर्ने सम्भावना भने छैन,” मौसमविद् लामिछानेले भने । 

काठमाडौंको बिहान ७ः४५ को तापक्रम १७ डिग्री सेल्सियस छ । दिउँसो बढेर २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने उनले जानकारी दिए । 


 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्