site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रस्तावित राजदूत लम्साल र दुई न्यायाधीशको संसदीय सुनुवाइ कात्तिक १४ मा  

काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वाेच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ यही कात्तिक १४ गते हुने भएको छ । 

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आउँदो बुधबार एकैदिन गर्नेगरी सचिवालयले तयार पारेको प्रस्ताव पारित गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी उनीहरूको सुनुवाइको काम पनि एकैदिन सम्पन्न गर्नेगरी सचिवालयबाट गरिएको प्रस्तावसहितको कार्ययोजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए । 

उनले भने, “सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिको सम्बन्धमा उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराई उजुरीको पुष्टयाई र औचित्यतता प्रष्ट गर्न लगाउने । बेल्जियमका लागि नेपाली राजदूत र सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरूलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जन समिति पारित गरिएको छ ।” 

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन् । समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्