site stats
बाह्रखरी :: Baahrakhari
देश
कुश्मिसेरा–रांखानी सडक निर्माणमा लापरबाही 

गलकोट । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–रांखानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएपछि स्थानीय रुष्ट भएका छन् । 

निर्माण कम्पनीको लापरबाहीले उक्त सडकको काम पूरा नभएको हो । कम्पनीलाई काम पूरा गर्न  चौथोपटक अवधि थपिएको भए पनि हाल निर्माण कम्पनी सम्पर्कविहीन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जैमिनी नगरपालिकाको मेरुदण्डका रूपमा रहेको कुश्मिसेरा–रांखानी–बरेङ सडकमा निर्माण व्यवसायीबाट चरम लापरबाही भएको तथा तिहारपछि काममा नफर्किए ठेक्का रद्दका लागि दबाब दिने उनले चेतावनी दिए ।  

पूर्वाधार विकास कार्यालयसँग २०७६ असोजमा दुई वर्षमा कालोपत्र गर्नेगरी शर्मा क्याराभानसँग ठेक्का सम्झौता भएको थियो । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई गुल्मीको शान्तिपुरसँग जोड्न २१ किमी सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । 

निर्माण व्यवसायीलाई अन्तिम पटकलाई आगामी असारसम्म म्याद थपिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले बताए ।  

कटिङ, नाली निर्माण तथा पर्खाललगायत काम सम्पन्न भए पनि सडक कालोपत्र नहुँदा सास्ती भएको हो । “२४ करोड ५८ लाखमा दुई वर्षमा काम पूरा गर्नेगरी ठेक्का सम्झौता भएको थियो”, देवकोटाले भने, “तिहारपछि पुनः पत्र पठाउँछौँ, काममा नफर्किए कारबाहीको प्रक्रिया थालिन्छ ।” रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्