site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नइ प्रकाशनको अक्षय कोषमा थप रकम जम्मा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नइ प्रकाशनको अक्षयकोष अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट २३ लाख रुपैयाँ प्रदान भएको प्रकाशनले जनाएको छ । उपाध्यायले उक्त रकमको चेक नइ प्रकाशनका प्रमुख इन्दिरा प्रसाईंलाई हस्तान्तरण गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जनाएका छन् । 

नइ प्रकाशनको रजत महोत्सवका अवसरमा डा. उपाध्यायको संयोजनमा स्थापना गरिएको ५० हजार रुपैयाँ राशिको ‘नइ—कपिल शोध पुरस्कार’ राष्ट्रकवि माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कवि ईश्वरवल्लभ, प्रा.डा. वासुदेव त्रिपाठी, डा. वानीरा गिरी र नइ प्रकाशनमध्ये कुनै एकको योगदानका विषयमा नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने या नइ प्रकाशनबारे ग्रन्थ लेख्ने शोधार्थीलाई समर्पण गरिने प्रसाईंद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
 
प्रकाशनले डा. उपाध्यायको आर्थिक संयोजनमा बाजुरा र हुम्ला जिल्लाका एकएकजना जेहेनदार छात्रालाई हरेक वर्ष जनही ३० हजार रुपैयाँ नगद राशिसहित ‘नइ कपिल विद्यापदक’ प्रदान गर्दै आएको पनि प्रकाशनले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्