site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उदयपुरमा माओवादीले उमेदवारको नाम टुंगो लगायो

उदयपुर (गाईघाट) । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि माओवादी केन्द्र उदयपुरले पार्टीको तर्फबाट उमेदवार टुंगो लगाएको छ ।

जिल्लाको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ र बेलका नगरपालिका–९ को रिक्त रहेको वडाध्यक्षको लागि पार्टीको तर्फबाट उमेदवार टुंगो लगाएको माओवादी केन्द्रका नगर समितिले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

माओवादी केन्द्र त्रियुगा नगर समितिको बैठकले नगरको वडा नम्बर १२ को वडाध्यक्षको उमेदवारको लागि नवीनकुमार राईलाई उठाउने निर्णय भएको माओवादी केन्द्र त्रियुगा नगरपार्टीका प्रवक्ता गजेन्द्र राईले बताए ।

यसअघि पनि वडाध्यक्षमा झिनो मतले पराजय भएका राईलाई यस पटकको उपनिर्वाचनमा पनि वडाध्यक्षको लागि उमेदवार उठाउने पार्टी नगर समितिले निर्णय गरेको त्रियुगा नगर माओवादी केन्द्रका पार्टी अध्यक्ष मानवबहादुर राईले जानकारी दिए ।

यस्तै, बेलका नगरपालिका–९ को रिक्त वडाध्यक्षको पदको लागि माओवादी केन्द्र बेलकाले युवा नेता भरत घिमिरेलाई उमेदवार उठाउने निर्णय गरेको माओवादी केन्द्र बेलका नगरसमितिका अध्यक्ष मनोज तामाङले जानकारी दिए ।

यी दुवै वडाको लागि मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उमेदवार टुंगो लगाएर स्वीकृतिको लागि माथिल्लो समितिका पठाउन लागिएको पनि सम्बन्धित नगर समिति माओवादी केन्द्रका पार्टी अध्यक्षहरूले बताएका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्