site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
माटो

सूर्यनारायण एच पेलिस

तिमी सबथोक बन्यौ तर मानिस हुन भुलेछौ
तिमी संसार डुल्यौ तर देश छुन भुलेछौ

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोझो औँलाले घिउ आउन्न सही हो
बांगो चित्तले चित्तकै क्लेश धुन भुलेछौ

शिखरमा हिजो चढेको जन्मेको माटोमै हो
माटोको क्रन्दन सुनेर माटोसँगै रुन भुलेछौ

वाचा चरित्र हो, चरित्र वाचा पनि हो
रस फूलको चुसिरह्यौ, जरा पुनः पुनः भुलेछौ ।

(तनहुँ ।) 
 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्