site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन थाल्ने रास्वपाको घोषणा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार वनस्थलीमा पत्रकार सम्मेलन गरेर रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्नुपर्ने दबाबसहितको दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको हो ।

हिरासतभित्रै राखेर अनुसन्धान गर्ने कानुनी व्यवस्था हटाउनुपर्ने, दुई दशकयताका उच्च ओहोदाका भ्रष्टाचारीहरूको न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्नुपर्ने सरकारसँग माग गर्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले स्थानीय तह उपनिर्वाचनमा पार्टीका उमेदवारहरूलाई मनोनयन दर्ता गराउने काममा पनि सत्तारूढ दलहरूले नदिएको आरोपसमेत लगाए ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्