site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्थगित बन्दसत्र सुरु गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीका नेताहरू अनशनमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै विद्यार्थी नेताहरू अनशन बसेका छन् । 

विद्यार्थी नेताहरूले स्थगित बन्दसत्र मंसिरको २३ गते सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार अनशन सुरु गरेका हुन् । स्थगित बन्दसत्र मंसिर २३ र २४ गते काठमाडौंमा गर्न पार्टीले निर्देशन दिएको थियो । पछिल्लो समय नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट नभई पार्टीले तोकिदिने बहस सुरु भएको भन्दै अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावलसहित विद्यार्थी नेताहरूले अनशन सुरु गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्मेलनको स्थगित प्रक्रिया सुरु गर्न तीन हप्ता समेत बाँकी नरहेको अवस्थामा पार्टीले कुनै पनि प्रकारको सर्कुलर जारी नगर्दा सम्मेलनको बन्दसत्र झन् अनिश्चित भएको अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय उपाध्यक्ष रावलले बताए ।

उनले सम्मेलनको बन्दसत्र मंसिर २३ मै सुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्न अनशन सुरु गरेको उल्लेख गरे । स्थगित बन्दसत्रको बाँकी प्रक्रिया पूर्वनिर्धारित समयमै गर्न र नेतृत्व चयन समेत प्रतिनिधिले निर्वाचन प्रक्रियाबाट गर्न अनशनरत विद्यार्थीको माग छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्