site stats
बाह्रखरी :: Baahrakhari
कला
बोर्डले ७२ जनालाई दियो विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र

काठमाडौं । चलचित्र विकास बोर्डले ७२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । परिचयपत्र प्राप्त गर्नेमा फिल्म निर्माता, निर्देशक, कलाकार र प्रावधिक छन् ।

परिचयपत्रका लागि आवेदन दिएका २०४ चलचित्रकर्मीमध्ये विशिष्ट छनोट समितिले ७२ जनालाई अन्तिम सूचीमा राखेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार काठमाडौं आयोजित एक कार्यक्रममा विशिष्ठ श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका कलाकार रामचन्द्र अधिकारीलाई औषधि उपचार बिमाबापत प्राप्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।

चलचित्र विकास बोर्डका सदस्य राजु खत्री क्षेत्री संयोजकत्वको छनोट समिति गठन गरिएको थियो । समितिमा केही समय खेतुलाल बुढाथोकीले समेत संयोजकको भूमिका निभाएका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्