site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारको निर्देशनपछि ११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्स कम्पनीले हवाई भाडादरको विवरण बुझाएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी नागरिकलाई दुःख दिएको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन बुधबार निर्देशन दिएको थियो । निर्देशनबमोजिम एयरलाइन्सले आज मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन् ।

एघार एयरलाइन्सले भाडादरसहितको सूची बुझाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछाने जानकारी दिए । विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिंगापुर एयरलाइन्स, फ्लाइ दुबई, इन्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्