site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले भन्यो– अनुसन्धानलाई प्रभावित पारेका छैनौँ, प्रतिशोधको विरोध गरेका हौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा अनुसन्धान भइरहेको विषयलाई पार्टीले प्रभावित पार्न नखोजेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा थुनामा राख्ने कामको विरोध गरेको तर सहकारी प्रकरणमा अनुसन्धान भइरहेको विषयलाई प्रभावित पार्न नखोजेको बताएको हो ।

पत्रकार सममेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले लामिछानेविरुद्ध राज्यले नै हुँदै नभएको कुरा बाहिर ल्याएको र एकपक्षीय ढंगले दोष थुपार्ने काम भएको जिकिर गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले प्रयाप्त प्रमाण भए पनि कोसीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि कानुनी कारबाही नभएको तर प्रमाण नभएका व्यक्तिलाई थुनामा राख्ने काम राजनीति प्रतिशोध नै भएको बताए ।

झाले कुनै पनि चेकमा हस्ताक्षर गर्दैमा संलग्नता पुष्टि नहुने बताउँदै यसलाई पुष्टि गर्ने थप कागजात आउनुपर्ने बताए । उनले चेकका विषयमा अनावश्यक बहस गरेर अतिरञ्जित गर्ने काम नगर्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा रास्वपाका नेताहरूले आफूलाई मनमा लागेको कुरा सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्दा कारबाही हुन्छ भने भोग्न समेत तयार रहेको बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्