site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिंहले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 
प्रकाशमान सिंह । फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका निम्ति सोमबार त्यसतर्फ प्रस्थान गरेसँगै सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिममेवारी पाएका हुन् । सिंह मन्त्रिपरिषद्‌मा दोस्रो वरीयतामा छन् ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको लागि सम्वत् २०८१ मंसिर १७ गते जनवादी गणतन्त्र चीनतर्फ प्रस्थान गर्नुहुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री श्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ,” राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्